The seed library contains brief information and photos of selected local crop diversity conserved by community seed banks affiliated with CSB Nepal. The main purpose of this page is to promote the exchange of knowledge on local crop diversity, seeds, and planting materials among farming communities. Further details about the local crop diversity listed here can be obtained via CSB Nepal or from the respective community seed banks.
बालीः पिडालु/घुँइया (Taro)
जातः बन्दा घुँइया (Banda Ghuinya)
विशेष गुण, प्रयोग तथा महत्वः लाम्चो आकारको गाना भएको, खन्न सजिलो, पात डाँठ तथा गाना सबै भाग प्रयोगमा आउने, पकाउँदा छिटो पाक्न, स्वादिला, लामो समयसम्म भण्डारण गर्न सकिने
बीउ पाइने स्थानः जोशीपुर सामुदायिक बीउ बैंक, जोशीपुर गाउँपालिका ३, रामनगर, कैलाली (Joshipur Community Seed Bank)
बालीः लर्चा (Roselle)
जातः रातो अमिलो लर्चा (Rato Amilo Larcha)
विशेष गुण, प्रयोग तथा महत्वः यसको पात अमिलो र चिप्लो हुन्छ जसलाई काँचै वा पकाएर खान मिल्छ, अचार, चटनी तथा अन्य तरकारीहरुमा स्वाद अनुसार राखेर खान सकिन्छ , रोग तथा कीरा नलाग्ने, खडेरी सहने ।
बीउ पाइने स्थानः जोशीपुर सामुदायिक बीउ बैंक, जोशीपुर गाउँपालिका ३, रामनगर, कैलाली (Joshipur Community Seed Bank)
बालीः तोरैं (Ridge Gourd)
जातः अर्रा तोरैं (Arra Torain)
विशेष गुण, प्रयोग तथा महत्वः फल झुप्पा परेर फल्ने, लामो समयसम्म फलिरहने, छिटो पाक्ने, रोग तथा कीरा कम लाग्ने, कम मल दिए पनि उत्पादन दिइरहने, स्वादिलो तरकारी हुने
बीउ पाइने स्थानः जोशीपुर सामुदायिक बीउ बैंक, जोशीपुर गाउँपालिका ३, रामनगर, कैलाली (Joshipur Community Seed Bank)
बालीः सिल्टुङ्ग वा मस्याङ (Ricebean)
जातः किरमिरे (Kirmire)
विशेष गुण, प्रयोग तथा महत्वः रोग तथा कीरा कम लाग्ने, बढी पानी सहने, कोसा तयार हुन लामो समय लाग्ने, दाल स्वादिलो र नरम हुने।
बीउ पाईने स्थानः मसुरिया सामुदायिक बीउ बैंक, गौरीगंगा नगरपालिका ९, मसुरिया, कैलाली (Masuriya Community Seed Bank)
Know More
बालीः धान (Rice)
जातः रातो अनदी (Rato Anadi)
विशेष गुण, प्रयोग तथा महत्वः बोट अग्लो हुने, बीउ रातो, लामो आकर्षक हुने, थारु जातिको संस्कृतिसंग जोडिएको धान, माघी, कृष्ण अष्टमी, अनन्त जस्ता चाडपर्वमा नभइ नहुने, यसको विभिन्न परिकार जस्तै ढिक्रि,भात,रोटी बनाएर खाने चलन रहेको, यसको खेती ओसिलो तथा पानी जम्ने खेतमा पनि गर्न सकिने ।
बीउ पाइने स्थानः जोशीपुर सामुदायिक बीउ बैंक, जोशीपुर गाउँपालिका ३, रामनगर र मसुरिया सामुदायिक बीउ बैंक, गाैरीगंगा नगरपालिका ९, कैलाली (Joshipur and Masuriya Community Seed Banks)
बालीः धान (Rice)
जातः कालो सौंठ्यारी (Kalo Sounthyari)
विशेष गुण प्रयोग तथा महत्वः यसको दानको बाहिरी भाग कालो रंगको हुन्छ, दानामा टुँडा हुन्छ, भात अडिलो हुने र गाई भैंसीले पराल असाध्यै मन पराउने साथै उचा तथा सुख्खा जमिनमा पनि उब्जनी लिन सकिन्छ।
बीउ पाईने स्थानः मसुरिया सामुदायिक बीउ बैंक, गौरीगंगा नगरपालिका ९, मसुरिया, कैलाली (Masuriya Community Seed Bank)
बालीः धान (Rice)
जातः मनसरा (Mansara)
विशेष गुण, प्रयोग तथा महत्वः यसको दानाको रङ्ग रातो, कलेजो रंगको हुन्छ, सुख्खा सहन सक्ने क्षमता हुन्छ, भात मिठो र स्वादिलो हुन्छ, पराल नरम हुन्छ।
बीउ पाईने स्थानः मसुरिया सामुदायिक बीउ बैंक, गौरीगंगा नगरपालिका ९, मसुरिया, कैलाली (Masuriya Community Seed Bank)
Know More
बालीः धान (Rice)
जातः अञ्जना (Anjana)
विशेष गुण, प्रयोग तथा महत्वः सुख्खा सहने, कम मलजलमा पनि खेती गर्न सकिने, धानपाके पछि पानीले भिज्दा पनि छिटो नउम्रने, खदिलो दाना, चामल बढी पर्ने, खान मिठो र स्वादिलो हुने साथै पानी कम हुने उचा जग्गामा पनि खेती गर्न सकिने
बीउ पाईने स्थानः मसुरिया सामुदायिक बीउ बैंक, गौरीगंगा नगरपालिका ९, मसुरिया, कैलाली (Masuriya Community Seed Bank)
Know More
बालीः आलु (Potato)
जातः थारु आलु (Tharu Aalu)
विशेष गुण, प्रयोग तथा महत्वः डढुवा रोग सहन सक्ने/कम लाग्ने, घरमा लामो समय सम्म भण्डारण गर्न सकिने, सुख्खा सहने क्षमता भएको, थारु समुदायको पहिचानको रुपमा रहेको जात, सानो गोलो आकारको हुने, पकाउदा छिटो पाक्ने, बोक्रासँग पकाउन सकिने, स्वादिलो हुनुका साथै यसको अचार, तरकारी तथा विभिन्न किसिमका परिकारहरु बनाएक खान सकिने ।
बीउ पाइने स्थानः जोशीपुर सामुदायिक बीउ बैंक, जोशीपुर गाउँपालिका ३, रामनगर, कैलाली (Joshipur Community Seed Bank)
Know More