बालीः धान (Rice) जातः रातो अनदी (Rato Anadi) विशेष गुण, प्रयोग तथा महत्वः बोट अग्लो हुने, बीउ रातो, लामो आकर्षक हुने, थारु जातिको संस्कृतिसंग जोडिएको धान, माघी, कृष्ण अष्टमी, अनन्त जस्ता चाडपर्वमा नभइ नहुने, यसको विभिन्न परिकार जस्तै ढिक्रि,भात,रोटी बनाएर खाने चलन रहेको, यसको खेती ओसिलो तथा पानी जम्ने खेतमा पनि गर्न सकिने । बीउ पाइने स्थानः जोशीपुर सामुदायिक बीउ बैंक, जोशीपुर गाउँपालिका ३, रामनगर र मसुरिया सामुदायिक बीउ बैंक, गाैरीगंगा नगरपालिका ९, कैलाली (Joshipur and Masuriya Community Seed Banks)