The seed library contains brief information and photos of selected local crop diversity conserved by community seed banks affiliated with CSB Nepal. The main purpose of this page is to promote the exchange of knowledge on local crop diversity, seeds, and planting materials among farming communities. Further details about the local crop diversity listed here can be obtained via CSB Nepal or from the respective community seed banks.
बाली : भटमास (Soybean)
जात : सानो कालो भटमास (Sano Kalo Bhatamas)
विशेष गुण, महत्व र प्रयोग : यसको दाना सानो आकारको हुन्छ र दानाको रंग कालो हुन्छ, यसलाइ धान खेतको आली वा पाखो बारी वा कोदोसँग पनि मिसाएर खेती गरिन्छ, यसलाइ दालको रूपमा अन्य गेडागुडीसँग मिसाएर वा छुट्टै पकाएर खाने चलन छ, यलाइ भेडा बाख्रालाइ पनि खुवाउने चलन छ, जुम्लामा यो भटमास जति पुरानो भयो त्यति राम्रो मानिन्छ, जाडो मौसममा शरिरमा चिसो नलागोस् भनेर यसलाइ केराउ, सिमी, मास, गहतसँग मिसाएर पकाएको झोल खाने चलन छ।
बीउ पाइने स्थान : हाँकु सामुदायिक बीउ बैंक, तातोपानी गाउँपालिका ५, ऐरेनी, जुम्ला (Hanku Community Seed Bank)
बाली : धान (Rice)
जात : जुम्ली मार्सी (Jumli Marsee)
विशेष गुण, महत्व र प्रयोग : यो धान संसारको सबैभन्दा उच्च भूभागमा फल्ने र चिसो सहने धानको रूपमा चिनिन्छ, यसको चामल रातो हुन्छ, यसलाइ छुट्टै र अन्य चामलसँग मिसाएर पनि भात खाने गरिन्छ, यो धान जुम्लाको संस्कृतीसँग पनि जोडिएको छ। प्रत्येक वर्षको चैत्र १२ गते यो धानको बीउ पानीमा भिजाइन्छ, १६ गते पानीबाट बाहिर निकालेर २० गते व्याडमा छरिन्छ अनि सोही दिन विवाह गरेर गएकी चेलीबेटीलाइ बोलाएर यसको भात र अन्य मिठा परिकार बनाएर खुवाइ बिसुपर्व मनाउने चलन छ। त्यसैगरी कुनै घरमा छोराको विवाह भएको वा ब्रतबन्ध गरेको वा नवजात शिशु जन्मिएको भए उक्त वर्ष धान रोप्ने दिन खलेगरोमा भकारी बनाइ विवाहित जोडी वा ब्रतबन्ध गरेको व्यक्ती वा नवजात शिशुलाइ भकारीको वरिपिरि तीन फन्को घुमाउने र त्यसपछि रमाइलोका लागि हिलो खेल्ने र भोज खाने चलन पनि छ। यसको बजार माग उच्च छ र भाउ पनि बढी पाइन्छ, तर ब्लास्ट रोग लाग्ने, उत्पादन कम हुने, उत्पादन लागत बढी लाग्ने आदि कारणले जुम्ली मार्सी धान रोप्ने खेतमा स्याउ लगाउने चलन बढ्दो छ भने यसको अस्तित्व क्रमशः खतरामा पर्दै गएको छ ।
बीउ पाइने स्थान : हाँकु सामुदायिक बीउ बैंक, तातोपानी गाउँपालिका ५, ऐरेनी, जुम्ला (Hanku Community Seed Bank)
Know More
बाली : चिनो (Proso-millet)
जात : दुधे चिने (Dudhe Chino)
विशेष गुण, प्रयोग तथा महत्व : दुधे चिनोमा रोग तथा कीराको प्रकोप देखिएको छैन, नेक ब्लास्टको केहि लक्षण देखिएता पनि यसले उत्पादनमा समस्या ल्याएको छैन, अरु बालीको तुलनामा पाखो, रुखो बारीमा तथा आकासे पानीको भरमा वा कम पानी हुने ठाँउमा दुधे चिनोको खेती राम्रो हुन्छ, खडेरी सहने क्षमता हुन्छ, कमसल जग्गामा पनि खेती गर्न सकिन्छ, चिनोमा गहुँ र धानमा भन्दा फलाम तत्व बढी पाइन्छ, दुधे चिनोको लड्डु देवी देउतालाई चढाउने गरिन्छ, यो सुगर रोगीका लागि उपयोगी, बजार माग राम्रो रहेको छ ।
बीउ पाइने स्थान : छिप्रा सामुदायिक बीउ बैंक, खार्पुनाथ गाउँपालिका ४, नल्ल, हुम्ला (Chhipra Community Seed Bank)
बाली : चिनो (Proso-millet)
जात : हाडे चिनो (Hade Chino)
विशेष गुण, महत्व र प्रयोग : चिनोलाइ जुम्लामा भोकमरीबाट बचाउने बालीको रूपमा लिइन्छ, किनभने यसले खडेरी सहन्छ, रूखोपाखो जमिनमा पनि फल्छ, चाँडो तयार हुन्छ र सुख्र्खा सहने क्षमता पनि धेरै हुन्छ। यसको भात खाइन्छ, हाडे चिनो पाकेपछि सजिलै नझर्ने भएकाले असिनाले यसलाइ कम नोक्सान पुर्याउँछ।
बीउ पाइने स्थान : हाँकु सामुदायिक बीउ बैंक, तातोपानी गाउँपालिका ५, ऐरेनी, जुम्ला (Hanku Community Seed Bank)
Know More
बाली : गहत (Horsegram)
जात : स्थानीय गहत (Sthaneeya Gahat)
विशेष गुण, महत्व र प्रयोग : यो बाली खेत र बारी दुवैखाले जग्गामा खेती गर्न सकिन्छ, जुम्लामा यसलाइ विशेषतः कोदो बालीसँग मिसाएर लगाउने गरिन्छ, मृगौलामा पत्थरीको समस्या भएका व्यक्तिले गहतको दाल नियमित सेवन गरेमा साना आकारका पत्थरी निस्कने विश्वास गरिन्छ, यसलाइ छुट्टै र अन्य गेडागुडीसँग मिसाएर दाल खाने चलन छ, बजारमा यसको माग बढी छ र भाउ पनि बढी पाइन्छ । तर कोदो बालीसँग मिसाएर लगाइने यो बाली कोदो खेती घटेसँगै यसको खेती पनि घट्दो क्रममा रहेको छ।
बीउ पाइने स्थान : हाँकु सामुदायिक बीउ बैंक, तातोपानी गाउँपालिका ५, ऐरेनी, जुम्ला (Hanku Community Seed Bank)
Know More
बाली : कागुनो (Foxtail Millet)
जात : पहेंलो कागुनो (Pahenlo Kaguno)
विशेष गुण, महत्व र प्रयोग : यसलाइ कोदो बालीसँग मिसाएर खेती गर्ने चलन छ, यो रूखोपाखो जमिनमा हुने बाली हो, खडेरी र असिनाले यसलाइ त्यति नोक्सान गर्दैन, यो बालीको खेती गर्न मेहनत कम भएपनि हुन्छ। यसको खीर, रोटी र ढिंडो खाने गरिन्छ, यो उच्च पोषणयुक्त बाली हो। अन्य जात भन्दा पहेंलो कागुनोको उत्पादन बढी हुन्छ, बजारमा यसको माग बढी छ र मुल्य पनि बढी पाइन्छ । चिनो जस्तै यो बाली पनि भोकमरीबाट बचाउने बाली हो।
बीउ पाइने स्थान : हाँकु सामुदायिक बीउ बैंक, तातोपानी गाउँपालिका ५, ऐरेनी, जुम्ला (Hanku Community Seed Bank)
Know More
बाली : कोदो (Finger Millet)
जात : रातो कोदो (Rato Kodo)
विशेष गुण, महत्व र प्रयोग : कोदो बालीमा लाग्ने रोग तथा कीराहरु केही हदसम्म लागे पनि उत्पादनमा खासै असर गर्दैन, पाखो बारीमा आकासे पानीको भरमा खेती गरिन्छ, सुख्खा सहन सक्ने गुण छ, नेक ब्लास्ट र फिंगर ब्लास्ट रोग कम लाग्ने तथा छिटो पाक्ने, अधिक मात्रामा फलाम तथा सुपाच्य रेशा हुन्छ, पखाला लागेको बेलामा कोदोको खोले बनाएर सेवन गर्नाले राहत पाउन सकिन्छ, महिनावारी भएको तथा सुत्केरी महिलाको रगत धेरै बगेमा यसको पुवा बनाएर सेवन गर्नाले लाभ हुन्छ।
बीउ पाइने स्थान : हाँकु सामुदायिक बीउ बैंक, तातोपानी गाउँपालिका ५, ऐरेनी, जुम्ला (Hanku Community Seed Bank)
Know More
बाली : फापर (Buckwheat)
जात : तिते फापर (Tite Phapar)
विशेष गुण, महत्व र प्रयोग : जुम्लामा यो बाली तीन महिनामा तयार हुन्छ, कलिलोमा यसको साग खाने चलन छ भने पाकेपछि रोटी, लकर केक आदि बनाएर खाने चलन छ, अन्य फापर भन्दा यो जात बढी फल्छ, खेती गर्न सजिलो हुन्छ, जिल्ला बाहिर यसको उच्च माग छ र मुल्य पनि बढी पाइन्छ। परम्परागत विधीबाट यसको प्रशोधन कार्य अलि कठिन छ।
बीउ पाइने स्थान : हाँकु सामुदायिक बीउ बैंक, तातोपानी गाउँपालिका ५, ऐरेनी, जुम्ला (Hanku Community Seed Bank)
Know More
बाली : सिमी (Beans)
जात : कालो माले सिमी (Kalomale Simi)
विशेष गुण, महत्व र प्रयोग: जुम्ला जिल्लामा यो जातको सिमी प्रशस्त खेती गरिन्छ, यसमा रोग तथा कीरा कम लाग्छ, बढी पानी वा सुख्खा भए पनि उत्पादनमा खासै फरक पर्दैन, यसको दाल एकदम स्वादिलो वा मिठो हुन्छ, यसको उत्पादन बढी छ, बजार माग पनि बढी छ र भाउ पनि बढी पाइन्छ, ।
बीउ पाइने स्थान : हाँकु सामुदायिक बीउ बैंक, तातोपानी गाउँपालिका ५, ऐरेनी, जुम्ला (Hanku Community Seed Bank)
Know More