बालीः आलु (Potato)
जातः थारु आलु (Tharu Aalu)
विशेष गुण, प्रयोग तथा महत्वः डढुवा रोग सहन सक्ने/कम लाग्ने, घरमा लामो समय सम्म भण्डारण गर्न सकिने, सुख्खा सहने क्षमता भएको, थारु समुदायको पहिचानको रुपमा रहेको जात, सानो गोलो आकारको हुने, पकाउदा छिटो पाक्ने, बोक्रासँग पकाउन सकिने, स्वादिलो हुनुका साथै यसको अचार, तरकारी तथा विभिन्न किसिमका परिकारहरु बनाएक खान सकिने ।
बीउ पाइने स्थानः जोशीपुर सामुदायिक बीउ बैंक, जोशीपुर गाउँपालिका ३, रामनगर, कैलाली (Joshipur Community Seed Bank)