सामुदायिक बीउ बैंकहरूको मुख्य काम स्थानीय बाली विविधता संरक्षण तथा दिगो उपयोग प्रवर्धन गर्नु हो। स्थानीय बाली विविधता प्रवर्धनका विभिन्न उपायहरू मध्ये स्थानीय बीउबारेको जानकारी प्रचार प्रसार गरी त्यसप्रति कृषक तथा प्रयोगकर्ताहरूलाइ ती स्थानीय जातहरूको खेति, प्रयोग र प्रवर्धनतर्फ आकर्षित गर्नु हो। त्यसैले यस खण्डमा सामुदायिक बीउ बैंक नेपालमा आवद्द सामुदायिक बीउ बैंकहरूले संरक्षण गरेका उत्कृष्ट रैथाने जातहरूबारे छोटो विवरण राखिएको छ। यी जातहरूबारे थप जानकारी Know More बटनमा क्लिक गरेर सबन्धित सामुदायिक बीउ बैंक मार्फत वा सामुदायिक बीउ बैंक नेपाल मार्फत प्राप्त गर्न सकिन्छ।
The seed library contains brief information and photos of selected local crop diversity conserved by community seed banks affiliated with CSB Nepal. The main purpose of this page is to promote the exchange of knowledge on local crop diversity, seeds, and planting materials among farming communities. Further details about the local crop diversity listed here can be obtained via CSB Nepal or from the respective community seed banks.
बालीः पिडालु/घुँइया (Taro)
जातः बन्दा घुँइया (Banda Ghuinya)
विशेष गुण, प्रयोग तथा महत्वः लाम्चो आकारको गाना भएको, खन्न सजिलो, पात डाँठ तथा गाना सबै भाग प्रयोगमा आउने, पकाउँदा छिटो पाक्न, स्वादिला, लामो समयसम्म भण्डारण गर्न सकिने
बीउ पाइने स्थानः जोशीपुर सामुदायिक बीउ बैंक, जोशीपुर गाउँपालिका ३, रामनगर, कैलाली (Joshipur Community Seed Bank)
बाली : भटमास (Soybean)
जात : नेपाले भटमास (Nepale Bhatamas)
विशेष गुण, प्रयोग तथा महत्व : यसबाट बनेको सातु तथा लिटो निकै पोषिलो हुन्छ, बजार मुल्य बढी छ, माघे संक्रान्तिमा जिमी, राई, लिम्बु समुदायले खाने किनिमा यहि जातको भटमास प्रयोग गर्ने चलन छ।
बीउ पाइने स्थान : तामाफाेक सामुदायिक बीउ बैंक, धर्मदेवी नगरपालिका २, संखुवासभा (Tamaphok Community Seed Bank)
Know More
बाली : भटमास (Soybean)
जात : सानो कालो भटमास (Sano Kalo Bhatamas)
विशेष गुण, महत्व र प्रयोग : यसको दाना सानो आकारको हुन्छ र दानाको रंग कालो हुन्छ, यसलाइ धान खेतको आली वा पाखो बारी वा कोदोसँग पनि मिसाएर खेती गरिन्छ, यसलाइ दालको रूपमा अन्य गेडागुडीसँग मिसाएर वा छुट्टै पकाएर खाने चलन छ, यलाइ भेडा बाख्रालाइ पनि खुवाउने चलन छ, जुम्लामा यो भटमास जति पुरानो भयो त्यति राम्रो मानिन्छ, जाडो मौसममा शरिरमा चिसो नलागोस् भनेर यसलाइ केराउ, सिमी, मास, गहतसँग मिसाएर पकाएको झोल खाने चलन छ।
बीउ पाइने स्थान : हाँकु सामुदायिक बीउ बैंक, तातोपानी गाउँपालिका ५, ऐरेनी, जुम्ला (Hanku Community Seed Bank)
बालीः लर्चा (Roselle)
जातः रातो अमिलो लर्चा (Rato Amilo Larcha)
विशेष गुण, प्रयोग तथा महत्वः यसको पात अमिलो र चिप्लो हुन्छ जसलाई काँचै वा पकाएर खान मिल्छ, अचार, चटनी तथा अन्य तरकारीहरुमा स्वाद अनुसार राखेर खान सकिन्छ , रोग तथा कीरा नलाग्ने, खडेरी सहने ।
बीउ पाइने स्थानः जोशीपुर सामुदायिक बीउ बैंक, जोशीपुर गाउँपालिका ३, रामनगर, कैलाली (Joshipur Community Seed Bank)
बालीः तोरैं (Ridge Gourd)
जातः अर्रा तोरैं (Arra Torain)
विशेष गुण, प्रयोग तथा महत्वः फल झुप्पा परेर फल्ने, लामो समयसम्म फलिरहने, छिटो पाक्ने, रोग तथा कीरा कम लाग्ने, कम मल दिए पनि उत्पादन दिइरहने, स्वादिलो तरकारी हुने
बीउ पाइने स्थानः जोशीपुर सामुदायिक बीउ बैंक, जोशीपुर गाउँपालिका ३, रामनगर, कैलाली (Joshipur Community Seed Bank)
बालीः सिल्टुङ्ग वा मस्याङ (Ricebean)
जातः किरमिरे (Kirmire)
विशेष गुण, प्रयोग तथा महत्वः रोग तथा कीरा कम लाग्ने, बढी पानी सहने, कोसा तयार हुन लामो समय लाग्ने, दाल स्वादिलो र नरम हुने।
बीउ पाईने स्थानः मसुरिया सामुदायिक बीउ बैंक, गौरीगंगा नगरपालिका ९, मसुरिया, कैलाली (Masuriya Community Seed Bank)
Know More
बाली : धान (Rice)
जात : कालाेनुनिया (Kalonuniya)
विशेष गुण, महत्व र प्रयोग : भात नरम, मिठो र वासनादार हुन्छ, अन्य वास्मती धान भन्दा बढी फल्छ, रोग कम लाग्छ, चामल बढी पर्छ, बजार मुल्य बढी पाइन्छ ।
बीउ पाइने स्थान : शिवगञ्ज सामुदायिक बीउ बैंक, शिवसताक्षी नगरपालिका ७, चन्द्रडाँगी, झापा (Shivagunj Community Seed Bank)
Know More
बाली : धान (Rice)
जात : तिल्की (Tilki)
विशेष गुण, महत्व र प्रयोग : पाहुनाको स्वागत का लागि तिल्की धानको भात बनाएर खुवाउने चलन छ, भात नरम र सजिलै पचाउन सकिने हुनाले सुत्केरी महिला तथा बुढाबुढीलाइ बढी खुवाइन्छ, याे धान देउतालाई पनि चढाउँने चलन छ, यसको चामल हुने खाने वर्गले महङ्गो भएपनि किनेर खाने हुँदा व्यवसायका दृष्टिले राम्रो छ।
बीउ पाइने स्थान : सुनाैलाे सामुदायिक बीउ बैंक, घाेराही उपमहानगरपालिका, रामपुर, दाङ (Sunaulo Community Seed Bank)
बाली : धान (Rice)
जात : घिउपुरी (Ghiupuri)
विशेष गुण, प्रयोग तथा महत्व : चामल मसिनो र नकाटिने हुन्छ, भात बास्नादार, नरम र मिठो हुन्छ, बजार भाउ बढी पाइन्छ, चाडवाड तथा पुजाआजमा प्रयोग गरिन्छ, चामल छिटो गल्ने भएकोले खीर पकाउन अति उत्तम मानिन्छ।
बीउ पाइने स्थान : बेलवा सामुदायिक बीउ बैंक, बाँसगढी नगरपालिका, बेलवा, बर्दिया (Belawa Community Seed Bank)
Know More