सुचना   |  किनमेल  | सम्पर्क

हाम्रो बीउबारे ​

सामुदायिक बीउ बैंकहरूको मुख्य काम स्थानीय बाली विविधता संरक्षण तथा दिगो उपयोग प्रवर्धन गर्नु हो। स्थानीय बाली विविधता प्रवर्धनका विभिन्न उपायहरू मध्ये स्थानीय बीउबारेको जानकारी प्रचार प्रसार गरी त्यसप्रति कृषक तथा प्रयोगकर्ताहरूलाइ ती स्थानीय जातहरूको खेति, प्रयोग र प्रवर्धनतर्फ आकर्षित गर्नु हो। त्यसैले यस खण्डमा सामुदायिक बीउ बैंक नेपालमा आवद्द सामुदायिक बीउ बैंकहरूले संरक्षण गरेका उत्कृष्ट रैथाने जातहरूबारे छोटो विवरण राखिएको छ। यी जातहरूबारे थप जानकारी Know More  बटनमा क्लिक गरेर सबन्धित सामुदायिक बीउ बैंक मार्फत वा सामुदायिक बीउ बैंक नेपाल मार्फत प्राप्त गर्न सकिन्छ।

बाली : धान (Rice)
जात : कनकजिरा झिनुवा (Kanakjira Jhinuwa)
विशेष गुण, प्रयोग तथा महत्व : चाडपर्व तथा बुढाबुढी र बालबच्चालाइ खुवाउन प्रयोग गरिने, बढी मुल्यमा बिक्री हुने,  पराल लामो र नरम हुने भएकोले बढी मुल्य पाइने, भात बास्नादार, नरम र मिठो भएकोले विशेष चाडवाडमा खीर खान प्रयोग गरिने।
बीउ पाइने स्थान : अग्याैली सामुदायिक बीउ बैंक, कावासाेती नगरपालिका १४, अग्याैली, नवलपरासी (ब.सु.पू.) (Agyauli Community Seed Bank)

Know More

बाली  : धान (Rice)
जात : डल्ले मसिनाे (Dalle Masino)
विशेष गुण, प्रयोग तथा महत्व : यसको भात नरम, बास्नादर, स्वादिलो र मिठो हुने भएकाले चाडपर्वमा तथा सुत्केरी महिला र बालबच्चालाई खुवाउने चलन छ, मुल्य बढी छ, यसलाइ चोखो मानिने भएकोले धार्मिक तथा सांस्कृतिक कार्यमा र पितृलाइ चढाउन प्रयोग गरिन्छ।
बीउ पाइने स्थान : पुर्काेट सामुदायिक बीउ बैंक, भानु नगरपालिका ७, बाइसजङ्घार, तनहुँ (Purkot Community Seed Bank)


Know More

बाली  : धान (Rice)
जात : रातो अनदी  (Rato Anadi)
विशेष गुण, प्रयोग तथा महत्व : यसको चामल घिउ र जडिबुटी मिसाई पुवा वा लट्टे बनाएर खाँदा औषधीको काम गर्ने, चिउरा र सिरौंला अति उत्तम हुने, बढी मुल्यमा बिक्री हुने ।
बीउ पाइने स्थान :   सुन्दरीडाँडा सामुदायिक बीउ बैंक,  पोखरा महानगरपालिका ३१,  सुन्दरीडाँडा, कास्की (Sundaridanda Community Seed Bank)


Know More

बाली  : धान (Rice)
जात :  पहेंले (Pahenle)
विशेष गुण, प्रयोग तथा महत्व : बास्ना आउने, भात नरम र मिठो, बजार भाउ बढी, चामल बढी पर्ने, पोखरेली जेठोबुढो भन्दा छिटो पाक्ने, यसको पराल राम्रो र नरम भएकाले गाइभैंसीले खान रुचाउने ।
बीउ पाइने स्थान :   सुन्दरीडाँडा सामुदायिक बीउ बैंक,  पोखरा महानगरपालिका ३१,  सुन्दरीडाँडा, कास्की (Sundaridanda Community Seed Bank)

Know More

बाली  : धान (Rice)
जात :  कालो झिनुवा (Kalo Jhinuwa)
विशेष गुण, प्रयोग तथा महत्व : बास्नादार चामल, भात मिठो र नरम, बढी मल र चिसो पानी सहन सक्ने, बजार भाउ बढी पाइने ।
बीउ पाइने स्थान :   सुन्दरीडाँडा सामुदायिक बीउ बैंक,  पोखरा महानगरपालिका ३१,  सुन्दरीडाँडा, कास्की (Sundaridanda Community Seed Bank)


Know More

बाली  : धान (Rice)
जात :  बयर्नी (Bayarni)
विशेष गुण, प्रयोग तथा महत्व : बास्नादार चामल, भात मिठो र नरम, मल र चिसो पानी सहन सक्ने, बजार भाउ राम्रो छ । 
बीउ पाइने स्थान :   सुन्दरीडाँडा सामुदायिक बीउ बैंक,  पोखरा महानगरपालिका ३१,  सुन्दरीडाँडा, कास्की (Sundaridanda Community Seed Bank)


Know More

बाली  : धान (Rice)
जात :  एक्ले (Ekle)
विशेष गुण, प्रयोग तथा महत्व : तुलनात्मक रुपमा अन्य स्थानीय जात भन्दा बढी उत्पादन दिने, रोग कम लाग्ने, नढल्ने, चामल बढी पर्ने, खान मिठो, पराल अग्लो र गुन्द्री बुन्नका लागि उपयुक्त ।
बीउ पाइने स्थान :   सुन्दरीडाँडा सामुदायिक बीउ बैंक,  पोखरा महानगरपालिका ३१,  सुन्दरीडाँडा, कास्की (Sundaridanda Community Seed Bank)


Know More

बाली : कागुनाे (Foxtail MIllet)
जात : बरियाे कागुनाे (Bariyo Kaguno)
विशेष गुण, महत्व र प्रयोग : कुनै पनि रोग नलाग्ने, कहिलेकाही गबारो कीरा लागे पनि उत्पादनमा खास प्रभाव नपर्ने, सुख्खा सहन सक्ने क्षमता भएकोले आकासे पानीको भरमा खेती गर्न सकिने, स्थानीय कृषकहरुले ग्यास्ट्रिक र सुगरका बिरामीले खाने खानाका रुपमा प्रयोग गर्ने गरेका, बजार माग बढि भएकोले बढी मुल्य पाइने, खीर, भात, रोटी आदि परिकार बनाएर खान प्रयोग गरिने ।
बीउ पाइने स्थान  : घनपाेखरा सामुदायिक बीउ बैंक, मर्स्याङ्दी  गाउँपालिका २, घनपाेखारा, लमजुङ (Ghanapokhara Community Seed Bank)


Know More

Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
post
Filter

    तपाँइको क्षेत्रमा भएका महत्वपूर्ण वा विशेष गुण भएका स्थानीय बाली विविधताबारे हामीलाइ जानकारी दिनुहोस्।