सुचना   |  किनमेल  | सम्पर्क

हाम्रो बीउबारे ​

सामुदायिक बीउ बैंकहरूको मुख्य काम स्थानीय बाली विविधता संरक्षण तथा दिगो उपयोग प्रवर्धन गर्नु हो। स्थानीय बाली विविधता प्रवर्धनका विभिन्न उपायहरू मध्ये स्थानीय बीउबारेको जानकारी प्रचार प्रसार गरी त्यसप्रति कृषक तथा प्रयोगकर्ताहरूलाइ ती स्थानीय जातहरूको खेति, प्रयोग र प्रवर्धनतर्फ आकर्षित गर्नु हो। त्यसैले यस खण्डमा सामुदायिक बीउ बैंक नेपालमा आवद्द सामुदायिक बीउ बैंकहरूले संरक्षण गरेका उत्कृष्ट रैथाने जातहरूबारे छोटो विवरण राखिएको छ। यी जातहरूबारे थप जानकारी Know More  बटनमा क्लिक गरेर सबन्धित सामुदायिक बीउ बैंक मार्फत वा सामुदायिक बीउ बैंक नेपाल मार्फत प्राप्त गर्न सकिन्छ।

बाली : धान (Rice)
जात : तिल्की (Tilki)
विशेष गुण, महत्व र प्रयोग :  पाहुनाको स्वागत का लागि तिल्की धानको भात बनाएर खुवाउने चलन छ, भात नरम र सजिलै पचाउन सकिने हुनाले सुत्केरी महिला तथा बुढाबुढीलाइ बढी खुवाइन्छ, याे धान देउतालाई पनि चढाउँने चलन छ, यसको चामल हुने खाने वर्गले महङ्गो भएपनि किनेर खाने हुँदा व्यवसायका दृष्टिले राम्रो छ।  
बीउ पाइने स्थान : सुनाैलाे सामुदायिक बीउ बैंक, घाेराही उपमहानगरपालिका, रामपुर, दाङ (Sunaulo Community Seed Bank)


Know More

बाली : धान (Rice)
जात : घिउपुरी (Ghiupuri)
विशेष गुण, प्रयोग तथा महत्व : चामल मसिनो र नकाटिने हुन्छ, भात बास्नादार, नरम र  मिठो हुन्छ, बजार भाउ बढी पाइन्छ, चाडवाड तथा पुजाआजमा प्रयोग गरिन्छ, चामल छिटो गल्ने भएकोले खीर पकाउन अति उत्तम मानिन्छ।
बीउ पाइने स्थान : बेलवा सामुदायिक बीउ बैंक, बाँसगढी नगरपालिका, बेलवा, बर्दिया (Belawa Community Seed Bank)

Know More

Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
post
Filter

    तपाँइको क्षेत्रमा भएका महत्वपूर्ण वा विशेष गुण भएका स्थानीय बाली विविधताबारे हामीलाइ जानकारी दिनुहोस्।