Foxtail Millet
बाली : कागुनो (Foxtail Millet) जात : पहेंलो कागुनो (Pahenlo Kaguno) विशेष गुण, महत्व र प्रयोग : यसलाइ कोदो बालीसँग मिसाएर खेती गर्ने चलन छ, यो रूखोपाखो जमिनमा हुने बाली हो, खडेरी र असिनाले यसलाइ त्यति नोक्सान गर्दैन, यो बालीको खेती गर्न मेहनत कम भएपनि हुन्छ। यसको खीर, रोटी र ढिंडो खाने गरिन्छ, यो उच्च...
Learn MoreHorse gram
बाली : गहत (Horsegram) जात : स्थानीय गहत (Sthaneeya Gahat) विशेष गुण, महत्व र प्रयोग : यो बाली खेत र बारी दुवैखाले जग्गामा खेती गर्न सकिन्छ, जुम्लामा यसलाइ विशेषतः कोदो बालीसँग मिसाएर लगाउने गरिन्छ, मृगौलामा पत्थरीको समस्या भएका व्यक्तिले गहतको दाल नियमित सेवन गरेमा साना आकारका पत्थरी निस्कने विश्वास गरिन्छ, यसलाइ छुट्टै र अन्य गेडागुडीसँग...
Learn MoreProso-millet
बाली : चिनो (Proso-millet) जात : हाडे चिनो (Hade Chino) विशेष गुण, महत्व र प्रयोग : चिनोलाइ जुम्लामा भोकमरीबाट बचाउने बालीको रूपमा लिइन्छ, किनभने यसले खडेरी सहन्छ, रूखोपाखो जमिनमा पनि फल्छ, चाँडो तयार हुन्छ र सुख्र्खा सहने क्षमता पनि धेरै हुन्छ। यसको भात खाइन्छ, हाडे चिनो पाकेपछि सजिलै नझर्ने भएकाले असिनाले यसलाइ कम नोक्सान पुर्याउँछ। ...
Learn MoreRice
बाली : धान (Rice) जात : जुम्ली मार्सी (Jumli Marsee) विशेष गुण, महत्व र प्रयोग : यो धान संसारको सबैभन्दा उच्च भूभागमा फल्ने र चिसो सहने धानको रूपमा चिनिन्छ, यसको चामल रातो हुन्छ, यसलाइ छुट्टै र अन्य चामलसँग मिसाएर पनि भात खाने गरिन्छ, यो धान जुम्लाको संस्कृतीसँग पनि जोडिएको छ। प्रत्येक वर्षको चैत्र १२ गते...
Learn MoreSoybean
बाली : भटमास (Soybean)जात : सानो कालो भटमास (Sano Kalo Bhatamas)विशेष गुण, महत्व र प्रयोग : यसको दाना सानो आकारको हुन्छ र दानाको रंग कालो हुन्छ, यसलाइ धान खेतको आली वा पाखो बारी वा कोदोसँग पनि मिसाएर खेती गरिन्छ, यसलाइ दालको रूपमा अन्य गेडागुडीसँग मिसाएर वा छुट्टै पकाएर खाने चलन छ, यलाइ भेडा बाख्रालाइ पनि...
Learn MoreBottle Gourd
बालीः बोडी (Cowpea) जातः रातो बोडी (Rato Bodi) विशेष गुण, प्रयोग तथा महत्वः वर्षा याममा लगाइ कार्तिक महिनामा उत्पादन लिन सकिने, अरु बोडीको तुलनामा रोग तथा कीरा कम लाग्ने, कोसा मोटो लामो हुने, हरियोमा तरकारीको रुपमा र दालको रुपमा खान मिल्ने । बीउ पाईने स्थानः मसुरिया सामुदायिक बीउ बैंक, गौरीगंगा नगरपालिका ९, मसुरिया, कैलाली (Masuriya...
Learn MoreBottle Gourd
बालीः लौका (Bottle Gourd) जातः मन्द्रहवा (Mandrahwa) विशेष गुण, प्रयोग तथा महत्वः माँदलको जस्तो आकार हुने, रोग तथा कीरा नलाग्ने, फल परिपक्व भईसके पछि घरयासी प्रयोगको लगि विविध सामग्रीहरु राख्न प्रयोग गर्न सकिने। बीउ पाईने स्थानः मसुरिया सामुदायिक बीउ बैंक, गौरीगंगा नगरपालिका ९, मसुरिया, कैलाली (Masuriya Community Seed Bank) Know More
Learn MoreRicebean
बालीः सिल्टुङ्ग वा मस्याङ (Ricebean) जातः किरमिरे (Kirmire) विशेष गुण, प्रयोग तथा महत्वः रोग तथा कीरा कम लाग्ने, बढी पानी सहने, कोसा तयार हुन लामो समय लाग्ने, दाल स्वादिलो र नरम हुने। बीउ पाईने स्थानः मसुरिया सामुदायिक बीउ बैंक, गौरीगंगा नगरपालिका ९, मसुरिया, कैलाली (Masuriya Community Seed Bank) Know More
Learn MoreRice
बालीः धान (Rice) जातः अञ्जना (Anjana) विशेष गुण, प्रयोग तथा महत्वः सुख्खा सहने, कम मलजलमा पनि खेती गर्न सकिने, धानपाके पछि पानीले भिज्दा पनि छिटो नउम्रने, खदिलो दाना, चामल बढी पर्ने, खान मिठो र स्वादिलो हुने साथै पानी कम हुने उचा जग्गामा पनि खेती गर्न सकिने बीउ पाईने स्थानः मसुरिया सामुदायिक बीउ बैंक, गौरीगंगा नगरपालिका...
Learn More









