बाली : धान (Rice)
जात : जुम्ली मार्सी (Jumli Marsee)
विशेष गुण, महत्व र प्रयोग : यो धान संसारको सबैभन्दा उच्च भूभागमा फल्ने र चिसो सहने धानको रूपमा चिनिन्छ, यसको चामल रातो हुन्छ, यसलाइ छुट्टै र अन्य चामलसँग मिसाएर पनि भात खाने गरिन्छ, यो धान जुम्लाको संस्कृतीसँग पनि जोडिएको छ। प्रत्येक वर्षको चैत्र १२ गते यो धानको बीउ पानीमा भिजाइन्छ, १६ गते पानीबाट बाहिर निकालेर २० गते व्याडमा छरिन्छ अनि सोही दिन विवाह गरेर गएकी चेलीबेटीलाइ बोलाएर यसको भात र अन्य मिठा परिकार बनाएर खुवाइ बिसुपर्व मनाउने चलन छ। त्यसैगरी कुनै घरमा छोराको विवाह भएको वा ब्रतबन्ध गरेको वा नवजात शिशु जन्मिएको भए उक्त वर्ष धान रोप्ने दिन खलेगरोमा भकारी बनाइ विवाहित जोडी वा ब्रतबन्ध गरेको व्यक्ती वा नवजात शिशुलाइ भकारीको वरिपिरि तीन फन्को घुमाउने र त्यसपछि रमाइलोका लागि हिलो खेल्ने र भोज खाने चलन पनि छ। यसको बजार माग उच्च छ र भाउ पनि बढी पाइन्छ, तर ब्लास्ट रोग लाग्ने, उत्पादन कम हुने, उत्पादन लागत बढी लाग्ने आदि कारणले जुम्ली मार्सी धान रोप्ने खेतमा स्याउ लगाउने चलन बढ्दो छ भने यसको अस्तित्व क्रमशः खतरामा पर्दै गएको छ ।
बीउ पाइने स्थान : हाँकु सामुदायिक बीउ बैंक, तातोपानी गाउँपालिका ५, ऐरेनी, जुम्ला (Hanku Community Seed Bank)