बाली : जौ (Barley)
जात : चावली (Chawali)
विशेष गुण, महत्व र प्रयोग : जुम्लामा यसलाइ धान पछिको दोस्रो महत्वपूर्ण बालीको रूपमा लिइन्छ, यसलाइ खेत र बारी दुवैखाले जमिनमा खेती गर्ने चलन छ, यसको रोटी, लकर, सातु बनाएर खाने चलन छ, पशुपन्छीलाइ कुँडो र दानाको रूपमा खुवाउन पनि प्रयोग गरिन्छ । यसलाइ पवित्र अनाजको रूपमा लिइन्छ, प्रत्येक धार्मिक तथा सांस्कृतिक कार्यमा यसको प्रयोग गरिन्छ भने यसबाट बनेका परिकारलाइ पनि चोखो वा पवित्र खानाको रूपमा लिइन्छ।
बीउ पाइने स्थान : हाँकु सामुदायिक बीउ बैंक, तातोपानी गाउँपालिका ५, ऐरेनी, जुम्ला (Hanku Community Seed Bank)