बालीः बोडी (Cowpea)
जातः रातो बोडी (Rato Bodi)
विशेष गुण, प्रयोग तथा महत्वः वर्षा याममा लगाइ कार्तिक महिनामा उत्पादन लिन सकिने, अरु बोडीको तुलनामा रोग तथा कीरा कम लाग्ने, कोसा मोटो लामो हुने, हरियोमा तरकारीको रुपमा र दालको रुपमा खान मिल्ने ।
बीउ पाईने स्थानः मसुरिया सामुदायिक बीउ बैंक, गौरीगंगा नगरपालिका ९, मसुरिया, कैलाली (Masuriya Community Seed Bank)