बाली : कागुनाे (Foxtail MIllet)
जात : बरियाे कागुनाे (Bariyo Kaguno)
विशेष गुण, महत्व र प्रयोग : कुनै पनि रोग नलाग्ने, कहिलेकाही गबारो कीरा लागे पनि उत्पादनमा खास प्रभाव नपर्ने, सुख्खा सहन सक्ने क्षमता भएकोले आकासे पानीको भरमा खेती गर्न सकिने, स्थानीय कृषकहरुले ग्यास्ट्रिक र सुगरका बिरामीले खाने खानाका रुपमा प्रयोग गर्ने गरेका, बजार माग बढि भएकोले बढी मुल्य पाइने, खीर, भात, रोटी आदि परिकार बनाएर खान प्रयोग गरिने ।
बीउ पाइने स्थान : घनपाेखरा सामुदायिक बीउ बैंक, मर्स्याङ्दी गाउँपालिका २, घनपाेखारा, लमजुङ (Ghanapokhara Community Seed Bank)