बालीः लौका (Bottle Gourd)
जातः तुम्बा लौका (Tumba Lauka)
विशेष गुण, प्रयोग तथा महत्वः यसको फलको आकार तुम्बा (घैंटो) जस्तो हुने भएकाले यसलाइ तुम्बा लौका भनिएको हो। यसको फल परिपक्व भएपछि बीउ निकालेर घैटोको रुपमा विभिन्न सामान राख्न पनि प्रयोग गरिन्छ । कलिलोमा यसको तरकारी स्वदिलो हुन्छ। यसमा रोग तथा कीरा पनि कम लाग्छ भने पानी बढी भए पनि सहने क्षमता हुन्छ।
बीउ पाइने स्थानः जोशीपुर सामुदायिक बीउ बैंक, जोशीपुर गाउँपालिका ३, रामनगर, कैलाली (Joshipur Community Seed Bank)