सुचना   |  किनमेल  | सम्पर्क

हाम्रो बीउबारे

सामुदायिक बीउ बैंकहरूको मुख्य काम स्थानीय बाली विविधता संरक्षण तथा दिगो उपयोग प्रवर्धन गर्नु हो। स्थानीय बाली विविधता प्रवर्धनका विभिन्न उपायहरू मध्ये स्थानीय बीउबारेको जानकारी प्रचार प्रसार गरी त्यसप्रति कृषक तथा प्रयोगकर्ताहरूलाइ ती स्थानीय जातहरूको खेति, प्रयोग र प्रवर्धनतर्फ आकर्षित गर्नु हो। त्यसैले यस खण्डमा सामुदायिक बीउ बैंक नेपालमा आवद्द सामुदायिक बीउ बैंकहरूले संरक्षण गरेका उत्कृष्ट रैथाने जातहरूबारे छोटो विवरण राखिएको छ। यी जातहरूबारे थप जानकारी Know More  बटनमा क्लिक गरेर सबन्धित सामुदायिक बीउ बैंक मार्फत वा सामुदायिक बीउ बैंक नेपाल मार्फत प्राप्त गर्न सकिन्छ।

बाली  : सिमी (Beans)
जात :  पहेंलो घिउ सिमी (Pahenlo Simi)
विशेष गुण, प्रयोग तथा महत्व :  केहीहद सम्म सुख्खा सहन सक्ने, पानी नजम्ने तथा भिरालो बारीहरुमा यसको खेती राम्रोसँग गर्न सकिन्छ, बोट झाँगिने र लहरिने प्रकृतिको हुनाले अलि ठुलो हुन्छ, समयमै बलियो थान्ग्रा दिनसकेमा बढी उत्पादन लिन सकिन्छ, असिनाको प्रभाव कम हुन्छ, दानाको दाल निकै पोषिलो मानिन्छ, स्थानीय स्तरमै दानाको राम्रो बजार माग छ, घरायसी प्रयोजनका लागि लोकप्रिय यो जातको हरियो कोशाको तरकारी निकै स्वादिलो हुनुका साथै धेरै पटक सम्म टिप्न सकिने खालको छ, दाना र कोशा दुबैको उत्पादन बढी छ।
बीउ पाइने स्थान :   जुँगु सामुदायिक बीउ बैंक,  गौरीशंकर गाउँपालिका, जुँगु,  दोलखा, (Jungu Community Seed Bank)


Know More

बाली  : सिमी (Beans)
जात :  खैरो घिउ सिमी (Khairo Simi)
विशेष गुण, प्रयोग तथा महत्व : मध्यम सुख्खा सहने क्षमताभएको, पानी नजम्ने तथा भिरालो बारीहरुमा खेती गर्न सकिने, दानाको दाल निकै पोषिलो मानिन्छ, स्थानीय  बजारमा यसको दाना र कोशाको माग बढी छ, घरायसी प्रयोजनका लागि निकै लोकप्रिय छ, कोशाको तरकारी निकै स्वादिलो हुनुका साथै धेरै पटक सम्म पनि टिप्न सकिने खालको छ।
बीउ पाइने स्थान :   जुँगु सामुदायिक बीउ बैंक,  गौरीशंकर गाउँपालिका, जुँगु,  दोलखा, (Jungu Community Seed Bank)


Know More

Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
post
Filter

    तपाँइको क्षेत्रमा भएका महत्वपूर्ण वा विशेष गुण भएका स्थानीय बाली विविधताबारे हामीलाइ जानकारी दिनुहोस्।