
जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली-बर्ड) र कञ्चन जैविक विविधता संरक्षण तथा विकास समिति (शिवगञ्ज सामुदायिक बीउ बैंक), चन्द्रडाँगी, झापाको संयुक्त प्रयासमा सहभागितामूलक जातीय छनोट विधिबाट कालो नुनिया जातको धानको अनुसन्धान तथा विकास वि.सं.२०६७ देखि २०७२ को अवधिमा गरिएको हो।यो जातको पञ्जिकरण वि.सं. २०७७ श्रावण महिनामा भएको हो। यसमा ब्लाष्ट रोग कम लाग्छ, भात बास्नादार, नरम र मिठो हुन्छ। पराल लामो हुने र बजार भाउ अन्य जात भन्दा लगभग दोब्बर पाइने यो धान झापा, मोरङ र सुन्सरी जिल्लामा खेती गरिन्छ।
थप जानकारी तथा बीउ खरिदका लागि सम्पर्क नं. ९८२४० १२८३६
Sellar Details
| Name | जानुका मगर |
| Phone | ९८२४० १२८३६ |
Comments are closed