Announcement   |  Shop  | Contact Us

Past Intiatives​

स्थानीय बाली विविधताको परस्थानीय संरक्षण

वि.सं. २०७१ पुस १४ गते सामुदायिक बीउ बैंक नेपालको समन्वय तथा सहजिकरणमा सामुदायिक बीउ बैंक नेपालमा आवद्द १२ जिल्लाका १५ वटा सामुदायिक बीउ बैंकहरूले संरक्षण गरेका ६२ बाली प्रजातीका ९१६ स्थानीय जातहरू खुमल्टार, ललितपुरमा अवस्थित राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (राष्ट्रिय जीनबैंक) मा परस्थानीय संरक्षणका लागि पठाएका छन्। यसको उद्देश्य सामुदायिक बीउ बैंकहरूले संरक्षण गरेका स्थानीय बाली विविधताको दीर्घकालिनरूपमा संरक्षण सुनिश्चित गर्नु हो भने यदि कुनै कारणवश सामुदायिक बीउ बैंकमा भएका बीउ लोप भएमा पुनः ल्याउन र पाउन सक्ने सम्भावना कायम राख्नु हो।

 

उक्त कार्यक्रममा सामुदायिक बीउ बैंकहरूले राष्ट्रिय जीनबैंका तत्कालिन प्रमुख डा. मदन भट्टलाइ बीउ र पासपोर्ट डाटा हस्तान्तरण गरेका थिए। यो कार्यक्रम वायोभर्सिटी इन्टरनेशनलका तत्कालिन वरिष्ठ वैज्ञानिक डा. भुवन रत्न स्थापित, लीबर्ड कार्यकारिणी बोर्डका तत्कालिन अध्यक्ष श्री कृष्ण प्रसाद बराल, साविक क्षेत्रीय कृषि निर्देशनालय, पोखराका निर्देशक श्री लेखनाथ आचार्य लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो। यसबारेको विस्तृत विवरण यहाँ हेर्न सकिन्छः https://libird.org/linking-ex-situ-and-in-situ-conservation/


 सामुदायिक बीउ बैंक नेपालले सदस्य सामुदायिक बीउ बैंकहरूले संरक्षण गरेका सम्पुर्ण स्थानीय बाली विविधता राष्ट्रिय जीनबैंकमा क्रमशः पठाउने छ।