बाली : लट्टे/मार्से (Amaranth)
जात : लाल मार्से (Lal Marse)
विशेष गुण, महत्व र प्रयोग : लाल मार्सेमा खासै रोग तथा कीराको प्रकोप देखिदैन, कहिलेकाँही पातमा कालो थोप्ला देखिए पनि यसले उत्पादनमा कुनै असर पर्दैन, सिंचाई नभए पनि उत्पादनमा कुनै असर पर्दैन, लाल मार्सेलाई अरु बालीको वरिपरि आलीमा लगाउँदा मुख्य बालीमा रोग कीराको प्रकोप कम हुने गरेको स्थानीयहरुको अनुभव छ, जग्गाको सिमाना छुट्याउनका लागि पनि यो बाली लगाइन्छ, ब्रत/उपवास बस्दा तथा पुजापाठमा भुटेको फुरनदानालाई सेवन गरिन्छ, धार्मिक दृष्टिले मार्सेलाई शुद्ध चढावा तथा प्रसादको रुपमा जुम्लाका स्थानीयले प्रयोग गर्दै आएका छन्, लट्टेको सागमा क्याल्सियम र म्याग्नेसियम प्रचुर मात्रा पाइने भएकोले यो बली पोषिलो हुन्छ, मार्सेका दाना ग्लुटिनरहित भएकाले ग्लुटिन पचाउन नसक्नेहरुका लागि यसको परिकार एकदमै प्रभावकारी मानिन्छ।
बीउ पाइने स्थान : हाँकु सामुदायिक बीउ बैंक, तातोपानी गाउँपालिका ५, ऐरेनी, जुम्ला (Hanku Community Seed Bank)