बाली : सिमी (Beans)
जात : पहेंलो घिउ सिमी (Pahenlo Simi)
विशेष गुण, प्रयोग तथा महत्व : केहीहद सम्म सुख्खा सहन सक्ने, पानी नजम्ने तथा भिरालो बारीहरुमा यसको खेती राम्रोसँग गर्न सकिन्छ, बोट झाँगिने र लहरिने प्रकृतिको हुनाले अलि ठुलो हुन्छ, समयमै बलियो थान्ग्रा दिनसकेमा बढी उत्पादन लिन सकिन्छ, असिनाको प्रभाव कम हुन्छ, दानाको दाल निकै पोषिलो मानिन्छ, स्थानीय स्तरमै दानाको राम्रो बजार माग छ, घरायसी प्रयोजनका लागि लोकप्रिय यो जातको हरियो कोशाको तरकारी निकै स्वादिलो हुनुका साथै धेरै पटक सम्म टिप्न सकिने खालको छ, दाना र कोशा दुबैको उत्पादन बढी छ।
बीउ पाइने स्थान : जुँगु सामुदायिक बीउ बैंक, गौरीशंकर गाउँपालिका, जुँगु, दोलखा, (Jungu Community Seed Bank)