
पीताम्बर श्रेष्ठ र रक्षा रोका
षडानन्द नगरपालिकाले योजनाबद्ध रूपमा कृषि जैविक विविधता संरक्षण, उपयोग र प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ। आर्थिक वर्ष २०८१/०८२ मा बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले संघीय सशर्त अनुदान कार्यक्रम अन्तर्गत ×कृषि जैविक विविधता संरक्षण तथा सामुदायिक बीउ बैंक सुदृढीकरण कार्यक्रम‘‘ सञ्चालन हुने पालिकाको सूचीमा षडानन्द नगरपालिका समावेश गरिदिए पछि यो सम्भव भएको हो।
यसै सन्दर्भमा मिति २०८१ पुस २३ गते षडानन्द नगरपालिका र सामुदायिक बीउ बैंक सङ्घ नेपालले षडानन्द नगरपालिकाका निर्वाचित जनप्रतिनिधि तथा सरोकारवालाहरूको सहभागितामा स्थानीय बाली विविधता संरक्षण, उपयेाग र प्रवर्द्धनका लागि सामुदायिक बीउ बैंक विषयमा अन्तरक्रिया गेाष्ठी सम्पन्न गरेको छ। गोष्ठीको मुख्य उद्देश्य निर्वाचित जनप्रतिनिधि तथा सरोकारवालाहरूलाई कृषि जैविक विविधताको महत्व र यसको संरक्षण, उपयोग र प्रवर्द्धनमा नगरपालिका र सरोकारवालाहरूको भूमिका परिचित गराई कार्यक्रमप्रित सबै सरोकारवाला नियकायहरूको सकारात्मक धारणा विकास गर्ने र यस विषयमा आगमी दिननमा नगरपालिकाले सञ्चालन गर्ने क्रियाकलापहरूकाबारेमा जानकारी गराउनु रहेको थियो।
अन्तरक्रिया गेाष्ठीका सहभागिहरू । फेाटेाः पीताम्बर श्रेष्ठ।
अन्तरक्रिया गेाष्ठीको अध्यक्षता कृषि विकास समितिका संयेाजक ङिमा शेर्पाले गरेका थिए भने नगरप्रमुख सुरेन्द्र कुमार उदास प्रमुख अतिथि र नगर उपप्रमुख प्रमिला राई विशिष्ट अतिथिकारूपमा सहभागि हुनु भएको थियो। त्यसैगरी सामुदायिक बीउ बैंक सङ्घ नेपालका कार्यक्रम सल्लाहकार पीताम्बर श्रेष्ठले स्थानीय बाली विविधताको महत्व, तिनीहरूको संरक्षणको आवश्यकता, संरक्षण तथा उपयोग र प्रवर्द्धनका उपायहरू र त्यसमा नगरपालिका र सरोकारवाला निकायहरूको भूमिकाबारे सहभागिहरूलाई जानकारी गराएका थिए। चालु आर्थिक वर्षमा नगरपालिकाले चौध वटै वडामा भएका वा पाइने स्थानीय बाली विविधताको अभिलेखीकरण, कृषि जैविक विविधता प्रदर्शनी मेलाको आयोजना र कृषि जैविक विविधता संरक्षण, उपयोग र प्रवर्द्धन कार्यविधि तयारी र अनुमोदन गर्ने कार्यक्रम रहेको छ।
गोष्ठीलाई सम्बोधन गर्दै नगर प्रमुख उदासले अन्तरक्रिया गोष्ठी अत्यन्त फलदायी तथा उत्साहप्रद भएको र षडानन्द नगरपालिकामा अब कानून बनाएर योजनाबद्ध ढंगले कृषि जैविक विविधता संरक्षण कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो। उहाँले स्थानीय तथा रैथाने बालीको महत्व नबुझी बिदेशबाट आयातित बीउ र रासायनिक मल तथा विषादीको जथाभावी प्रयोगले मानिसहरूमा क्यान्सर जस्ता घातक रोग दिनानु दिन बढिरहेको बताउनु भयो। त्यसैगरी यस नगरपालिकाले यहाँको सुन्तला, मास, खैरो तिल, आलु जस्ता अनेकौं स्थानीय जातमा आधारित कृषि उपज ब्राण्डिङ गरी बजारीकरण गरेर कृषकहरूले प्रशस्त फाईदा लिन सक्ने सम्भावना भएकाले आगामी दिनमा नगरपालिकाले यसमा काम गर्ने जानकारी पनि गराउनु भयो।
श्री सुरेन्द्र कुमार उदास, नगर प्रमुख, षडानन्द नगरपालिका, भेाजपुर । फेाटेाः पीताम्बर श्रेष्ठ।
त्यसैगरी उपमेयर राइले अन्तरक्रिया गोष्ठीले रैथाने बीउ र खानाको महत्व उजागर गरेर यस अघि कहिले पनि चर्चा नभएको यति गम्भिर विषयमा हामी निर्वाचित जनप्रतिनिधहरूको आँखा खोलिदिएको बताउँदै यस नगरको केन्द्र दिङ्गला बजारमा स्थानीय तथा रैथाने कृषि उपज बजारीकरणका लागि कोशेली घर सञ्चालन गर्न लागि पर्ने बताउनु भयो।
श्री प्रमिला राइ, नगर उपप्रमुख, षडानन्द नगरपालिका, भेाजपुर । फेाटेाः पीताम्बर श्रेष्ठ।
कार्यक्रमको अध्यक्षता गरेका कृषि विकास समितिका संयोजक ङिमा शेर्पाले यस अन्तरक्रिया गोष्ठीले नयाँ जोश र जाँगर थपिदिएको र यस अघि नगरपालिकाले बाहिरको बीउलाई प्रामथिकता दिईंदा दुई पटक धोका खाइसकेकाले यस उपरान्त स्थानीय बीउ जोगाउन र त्यसको प्रवर्द्धन गर्न प्रतिवद्ध भएर लाग्ने बताउनु भयो।
समग्रमा यस अन्तरक्रिया गोष्ठीले षडानन्द नगरपालिकामा कृषि जैविक विविधता संरक्षण कार्यक्रमको विजारोपण गरेको छ र यसबाट अन्य स्थानीय निकायहरूले पनि सिक्न सक्ने सम्भावना रहेको छ।