ली-बर्डको प्राविधिक सहयोग र ली-बर्ड मार्फत विकास कोष, नर्वेबाट प्राप्त आर्थिक सहयोगबाट सामुदायिक बीउ बैंक नेपालले पाँच सामुदायिक बीउ बैंकहरूसँग सहकार्य गरी प्रत्येक सामुदायिक बीउ बैंकबाट निम्न अनुसार एक एक वटा स्थानीय जात ‘बीउविजन नियमावली २०६९‘ को अनुसूची ‘घ‘ अनुसार पञ्जिकरण गर्न सहजिकरणा गरेको छ।

बाली : भटमास
पञ्जिकरण भएको वर्ष : २०७९
पञ्जिकरण गर्ने कृषकको संस्था : तामाफोक सामुदायिक बीउ बैंक, धर्मदेवी नगरपालिका, वडा नं. २, तामाफोक, संखुवासभा

बाली : धान
पञ्जिकरण भएको वर्ष : २०७९
पञ्जिकरण गर्ने कृषकको संस्था : कृषि विकास तथा संरक्षण कृषक समिति, अग्यौली सामुदायिक बीउ बैंक, कावासोती नगरपालिका १४, अग्यौली, नवलपरासी (ब.सु.पू.)

बाली : धान
पञ्जिकरण भएको वर्ष : २०७९
पञ्जिकरण गर्ने कृषकको संस्था : जैविक विविधता संरक्षण समिति, पुर्कोट सामुदायिक बीउ बैंक, भानु नगरपालिका ८, बाइसजँघार, तनहुँ

बाली : धान
पञ्जिकरण भएको वर्ष : २०७९
पञ्जिकरण गर्ने कृषकको संस्था : जैविक विविधता संरक्षण कृषि सहकारी संस्था लि., सुनौलो सामुदायिक बीउ बैंक, घोराही उपमहानगरपालिका, रामपुर, दाङ

बाली : धान
पञ्जिकरण भएको वर्षः २०७९
पञ्जिकरण गर्ने कृषकको संस्था : मध्यवर्ती कृषि जैविक विविधता सहकारी संस्था लि., बेलवा सामुदायिक बीउ बैंक, बाँसगढी नगरपालिका, बेलवा, बर्दिया