सामुदायिक बीउ बैंकहरूको स्वरूप, आकार, क्षमता, दायरा फरक फरक हुन्छ। त्यसै अनुसार यसको वर्गीकरण गर्न सकिन्छ। विगतमा कुनै पनि विधि वा तरिकाले नेपालका सामुदायिक बीउ बीउ बैंकहरूको वर्गीकरण नगरिएकाले सामुदायिक बीउ बैंक संघ नेपालले वायोभर्सिटी इन्टरनेशनल मार्फत ‘बीउ, माटो र संस्कृति’ नामक संस्थाको साना अनुदान सहयोग अन्तर्गत पाएको सहयोगबाट सामुदायिक बीउ बीउ बैंकहरूको वर्गीकरण गर्ने विधि विकास गरी परीक्षण गरेको थियो। यस प्रणालीमा निस्चित मापदण्ड पुरा गरेपछि होटलहरूलाइ ताराको संख्या अनुसार वर्गीकरण गरे जस्तै सामुदायिक बीउ बीउ बैंकहरूलाइ पनि शुन्य देखि पाँच वटा सम्म तारा दिन सकिने खालको सुचकहरू विकास गरिएको थियो।
यसरी सामुदायिक बीउ बैंकहरूको वर्गीकरण गर्नुको उद्देश्य तारा विहिन वा कम तारा पाएका सामुदायिक बीउ बैंकहरूलाइ बढी तारा प्राप्त गर्ने तर्फ अग्रसर हुनका लागि प्रोत्साहन गर्नु रहेको थियो। यो विधि अपनाइ सामुदायिक बीउ बैंक संघ नेपालको सदस्य रहेका त्यसबेलाका २१ वटा सामुदायिक बीउ बैंकहरूको वर्गीकरण गरिएको थियो। वर्गीकरणका सुचकहरू निम्न अनुसार रहेका थिएः
माथि उल्लिखित सुचकहरूलाइ आधार मानेर २१ वटा सामुदायिक बीउ बैंकहरूको वर्गीकरण गरिएकोमा नतिजा निम्न अनुसार थियो।
तारा बिहिन सामुदायिक बीउ बैंकहरूको संख्याः ५
एकतारे ( « ) सामुदायिक बीउ बैंकहरूको संख्याः ६
दुइ तारे («««) सामुदायिक बीउ बैंकहरूको संख्याः ७
तीन तारे («««) सामुदायिक बीउ बैंकहरूको संख्याः ३
तीन तारे («««) सामुदायिक बीउ बैंकहरू झापाको शिवगञ्ज सामुदायिक बीउ बैंक, बाराको कचोर्वा सामुदियक बीउ बैंक र नवलपरासी (ब.सु.पू.) को अग्यौली सामुदायिक बीउ बैंक रहेका थिए। यी तीन वटै सामुदायिक बीउ बैंकलाइ नगद एक लाख पुरस्कार प्रदान गरिएको थियो। यी तीन वटै सामुदायिक बीउ बैंकहरूले उक्त पुरस्कार रकम कम्प्युटर, प्रिन्टर, फोटोकपी मेसिन जस्ता अत्यावश्यक सामान खरिद गर्न प्रयोग गरेका थिए।
ताराको संख्या अनुसार सामुदायिक बीउ बैंकहरूको वर्गीकरण गर्न सकिन्छ भन्ने अवधारणा डा. भुवन रत्न स्थापितले प्रस्ताव गर्नु भएको थियो। उहाँ वायोभर्सिटी इन्टरनेशनलका वरिष्ठ वैज्ञानिक र ली-बर्डका संस्थापक सदस्यहरू मध्येको एकजना हुनुहुन्थ्यो।