Announcement   |  Shop  | Contact Us

Ongoing Intiatives​

सदस्य सामुदायिक बीउ बैंकहरूबिच समन्वय, तिनीहरूको सशक्तिकरण र सुदृढीकरण

सन् २०२३ देखि लीबर्ड मार्फत विकास कोष, नर्वेको आर्थिक सहयोगमा सामुदायिक बीउ बैंक संघ नेपालले यसको आफ्नै र सदस्य सामुदायिक बीउ बैंहरूको क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिरहेको छ। यस कार्यक्रमको मुख्य उद्देश्य निम्न अनुसार रहेको छ,

 

  • सामुदायिक बीउ बैंक नेपालको दिगोपनाका लागि आन्तरिक नियन्त्रण प्रणालीको विकास तथा सुदृढीकरण गर्ने,
  • सामुदायिक बीउ बैंक पद्दतिको विस्तार तथा मुलप्रवाहीकरणका लागि सामुदायिक बीउ बैंक नेपालका सञ्चालक समिति सदस्य तथा सदस्य सामुदायिक बीउ बैंकहरूको क्षमता विकास गर्ने, र
  • बीउमा कृषक अधिकार कायम गर्न र स्थानीय बाली विविधताको प्रभावकारी यथास्थानीय संरक्षण तथा दिगो उपयोग मार्फत समुदायका मानिसहरूको खाद्य सुरक्षा, पोषण र आयआर्जनका लागि सदस्य सामुदायिक बीउ बैंकहरूको क्षमता विकास गर्ने।

यी उद्देश्य हासिल गर्न सामुदायिक बीउ बैंक संघ नेपालले निम्न अनुसारका क्रियाकलापहरू सञ्चालन गर्दछ,

  • सामुदायिक बीउ बैंक संघ नेपालको आन्तरिक नियन्त्रण तथा सुशासन प्रणाली विकास गर्ने,
  • बीउमा कृषक अधिकार सुनिश्चिताका लागि सामुदायिक बीउ बैंक पद्दतिको विस्तार तथा मुलप्रवाहीकरण गर्न पैरवी गर्ने,
  • स्थानीय बाली विविधताको प्रभावकारी यथास्थानीय संरक्षण तथा दिगो उपयोगका लागि सदस्य सामुदायिक बीउ बैंकहरूको क्षमता विकास गर्ने र
  • सुचना सामग्री उत्पादन तथा विस्तार गर्ने।