Announcement   |  Shop  | Contact Us

Past Intiatives​

बीउ साटासाट मेला

”बीउ जोगाऔं, बीउ साटासाट गरौं” सामुदायिक बीउ बैंक संघ नेपालको नारा हो।कुनै पनि स्थानीय बाली विविधता संरक्षणका लागि धेरै समुदाय र धेरै कृषकहरूले ती स्थानीय बाली निरन्तर खेती गर्नु आवश्यक छ। नयाँ विविधताको विकास पनि यहि प्रक्रियाबाट हुन्छ। अतः सामुदायिक बीउ बैंकले औपचारिक र अनौपचारिक रूपमा बीउ साटासाट मेला वा कार्यक्रम आयोजना गर्दछ। यसबाट बीउसँग सम्बन्धित परम्परागत ज्ञान पनि आदानप्रदान हुन्छ।

वि.सं. २०७६ जेठ १ गते सामुदायिक बीउ बैंक संघ नेपालले औपचारिकरूपमा अग्यौली सामुदायिक बीउ बैंकमा पहिलो बीउ मेला आयोजना गरेको थियो। यो बीउ मेलामा तराइ क्षेत्रका ११ वटा सामुदायिक बीउ बैंकहरू सहभागि भएका थिए। उनीहरूले एकआपसमा साटासाटका लागि ४३ बाली प्रजातीका ३८१ स्थानीय जातका बीउ लिएर आएका थिए। यी मध्ये २७ प्रजातीका ३५३ पोका बीउ साटासाट भएको थियो। यसमा एउटा सामुदायिक बीउ बैंकबाट १३ देखि ७३ पोका सम्म बीउ साटासाट भएको थियो।

सोही वर्षको माघ २७ गते पहाडी क्षेत्रका सामुदायिक बीउ बैंकहरूलाइ लक्षित गरी पुर्कोट सामुदायिक बीउ बैंक, तनहुँमा दोस्रो बीउ साटासाट मेला आयोजना गरिएको थियो। यो बीउ मेलामा १२ वटा सामुदायिक बीउ बैंकहरूले १९६ बीउका पोका साटासाट गरेका थिए। यहाँ प्रत्येक सामुदायिक बीउ बैंकले २ देखि ९६ वटा बीउका पोका लिएका थिए।

कृषकहरू बिच बीउ साटासाट गर्नु नौलो कुरा नभए पनि यसरी औपचारिक रूपमा बीउ मेला विरलै आयोजना हुने गर्छ। बीउ मेलाबारेको विस्तृत विवरण यहाँ उपलब्ध छः

http://www.libird.org/app/news/view.aspx?record_id=82