सामुदायिक बीउ बैंक नेपालले तालिम, परामर्श तथा प्राविधिक सेवालाइ नेपालमा सामुदायिक बीउ बैंक विस्तार गर्ने माध्यमकारूपमा लिएको छ। यसले आवश्यकता अनुसार सरकारी निकाय, गैरसरकारी संघसंस्था तथा समुदायलाइ तालिम, परामर्श तथा प्राविधिक सेवा प्रदान गर्दछ। यसबाट एकातिर व्यक्तिगत र संस्थागत रूपमा सामुदायिक बीउ बैंक स्थापना तथा सञ्चालन सम्बन्धी आवश्यक ज्ञान, सीप र दक्षता बढाउन मद्दत पुर्याइरहेको छ भने सामुदायिक बीउ बैंक विस्तार तथा स्तरोन्नतीमा पनि टेवा पुगिरहेको छ।
वि.सं. २०८०/०८१ मा सामुदायिक बीउ बैंक नेपालले सामुदायिक बीउ बैंक विषयमा दुइवटा गैरसरकारी संस्थाका कर्मचारीहरूलाइ र एउटा आन्तरिक गरी तीन वटा तालिम सञ्चालन गर्यो। यसबाट नेपालमा थप दुइ दर्जन सामुदायिक बीउ बैंकहरू स्थापनाको क्रममा रहेका छन्। त्यसैगरी कृषि कलेजका केही विद्यार्थीहरूलाइ पनि नियमितरूपमा निशुल्क परामर्श प्रदान गरिरहेको छ।