Announcement     | Contact Us

सामुदायिक बीउ बैंक संघ नेपालमा आवद्ध सदस्य सामुदायिक बीउ बैंकहरूको संलग्नतामा जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली-बर्ड), राष्ट्रिय कृषि आनुवांशिक स्रोत केन्द्र (जीन बैंक), बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, वायोभर्सिटी इन्टरनेशलन, विकास कोष नर्वे, सामुदायिक बीउ बैंक संघ नेपाल लगायतका संस्थाहरूको प्राविधिक तथा आर्थिक सहयोग र सहजिकरणमा राष्ट्रिय बीउविजन समितिमा पञ्जिकरण गरिएका केही रैथाने जातका बीउहरूको उपलब्धताका लागि यो पेज तयार पारिएको हो। यहाँ राखिएका बीउ खरिद गर्न चाहने व्यक्ति तथा संस्थाहरूले सम्बन्धित बीउ उत्पादक सामुदायिक बीउ बैंकहरूसँग सम्पर्क गरी आपसी समझदारीमा बीउ खरिदविक्री कार्य सम्पन्न गर्न सक्नेछन।

बीउ उत्पादन वर्ष, उमारशक्ति, जातीय शुद्धता, भौतिक शुद्धता, प्याकिङ मिति आदि सुचना बीउ आपूर्ति गर्दा उपलब्ध हुने प्याकेटमा उल्लेख गरिने छ। बीउको गुणस्तर बीउ उत्पादक सामुदायिक बीउ बैंकले सुनिश्चित गर्नुपर्ने छ भने खरिद/बिक्री मुल्य तथा प्रक्रिया लिने र दिने बिच आससी समझदारीमा तय गर्नु पर्ने छ। सामुदायिक बीउ बैंक संघ नेपाल यसप्रति जवाफदेहि हुने छैन।