Announcement     | Contact Us

Kankajira Jhinuwa I कनकजिरा झिनुवा

जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली-बर्ड), सामुदायिक बीउ बैंक संघ नेपाल र कृषि विकास तथा संरक्षण कृषक समिति (अग्यौली सामुदायिक बीउ बैंक), कावासोती नगरपालिका १४, नवलपरासी (ब.सु.पू.)को संयुक्त प्रयासमा कनकजिरा झिनुवा जातको धानको पञ्जिकरण वि.सं. २०७९ असार महिना भएको हो। रोग कम लाग्ने,  चामल बढी पर्ने, पराल लामो हुने, भात बास्नादार, नरम र मीठो हुने यसको मुख्य विशेषताहरू हुन्। प्रशस्त पानी हुने खल्ला जग्गाहरूमा यसको खेती गर्न सकिन्छ। नवलपरासी (ब.सु.पू.) क्षेत्रबाट लोपहुन लागेको यो जात पञ्जिकरण भएपछि पुःन फैलिन थालेको छ।

नाम तथा ठेगानाकृषि विकास तथा संरक्षण कृषक समिति
अग्याैली सामुदायिक बीउ बैंक
कावासाेती नगरपालिका १४, अग्याैली, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)
सम्पर्क नं.९८६७१ ८३१५०
इेमेल